June 14th, 2019

माछापूच्छ्रे बैंकका चार शाखा र १२ शाखारहित बैंकिङ थपिए

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले प्रदेश नं. १ स्थित सुनसरी र झापा जिल्लामा ४ नयाँ शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको इनरुवा नगरपालिकास्थित इनरुवा र बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा झापाको भद्रपुर नगरपालिकास्थित चन्द्रगढी (चाराली रोड) र मेचीनगर नगरपालिकास्थित काँकरभिट्टामा शाखा विस्तार गरेको हो ।

त्यस्तै, बैंकले तनहुँ, चितवन, नवलपूर, नवलपरासी, रौतहट, सुर्खेत र बर्दियाका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

यससँगै बैंकको शाखा संख्या ११० पुगेको छ भने शाखारहित बैंकिङ ११२ पुगेको छ । यसबाहेक बैंकका १२९ वटा एटिएम संचालनमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]