Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रुपा गाउँपालिकाका ३०० घरमा सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

२०७६ जेष्ठ ३० गते

बैंकिङ खबर । सन्राइज बैंकले रुपमा गाउँपालिका र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता : सबै नेपालीको बैंक खाता’ अभियानलाई निरन्तरता दिँदै बैंकले रुपा गाउँपालिका वडा नं. २ थुम्कीमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयका डाइरेक्टर डा. रवीन्द्र घिमिरेले कार्यक्रमको सुरुवात गरेका थिए ।

सबै नेपालीको बैंक खाता खोल्ने अभिप्रायले बैंकले बैशाख १ गतेदेखि सनराइज समृद्धि बचत खाता सुरु गरेको थियो ।

Ad