June 13th, 2019

पोखराको हेम्जामा गरिमा विकास बैंकको शाखा विस्तार

बैंकिङ खबर । गरिमा विकास बैंकले पोखराको महानगरपालिकाको हेम्जामा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने तथ्यलाई महत्व दिँदै आएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै बैंकले आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे बताए ।

हेम्जा शाखा सहित गरिमा विकास बैंकको शाखा संख्या ७६ पुगेको छ । जसमध्ये, काठमाडौँ उपत्यकाभित्र मात्रै आठ वटा शाखा रहेका छन् । छिटै नै बैंकले देशका विभिन्न स्थानमा १५ शाखा विस्तार गर्ने योजना बनाएको छ । गरिमा विकास बैंकका ३३ वटा एटिएम संचालनमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]