ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स.बीच सम्झौता

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ । बैंककी सहायक महाप्रबन्धक आरती राणा र इन्स्योरेन्स कम्पनीका प्रमुख बजार व्यवस्थापक राजु के.सीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *