Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पोखराका महिलालाई गण्डकी विकास बैंकले दियो सिपमूलक तालिम

२०७६ जेष्ठ २८ गते

बैंकिङ खबर । गण्डकी विकास बैंकले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागि ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ ।

समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले तालिमबाट प्राप्त सिप र ज्ञानको प्रयोग गरी आत्मनिर्भर र स्वरोजगार बन्न सहभागीहरुलाई आग्रह गरे । यसका लागि आवश्यक परेमा बैंकले वित्तीय सहयोग प्रदान गर्ने उनले बताए ।

तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई प्रमुख कार्यकारी अधिकृत थापा, प्रशिक्षक तथा जेष्ठ महिलाद्धारा संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

Ad