Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इजीलिंक रेमिट्यान्सको सेवा अब अष्ट्रेलियाबाट पनि

२०७६ जेष्ठ २८ गते

बैंकिङ खबर । इजीलिंक रेमिट्यान्सले अष्ट्रेलियाबाट आफ्नो सेवा सुरु गरेको छ । इजीलिंक रेमिट्यान्सका ब्राण्ड एम्बासडर रवि लामिछानेको उपस्थितीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, इजीलिंक रेमिट्यान्स अष्ट्रेलियाका प्रबन्ध निर्देशक दिपेन्द्र कार्की र नेपाली समुदायको बाक्लो उपस्थितीका बीच सेवा सुरु गरिएको हो । यसका लागि कम्पनीले अष्ट्रेलियाको सिड्नीमा कार्यालय स्थापना गरेको छ । अहिले अष्ट्रेलियामा १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ ।

Ad