June 10th, 2019

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम : ११ विद्यालयमा संचालन गरिने

बैंकिङ खबर । कामना सेवा विकास बैंकको कुश्मा शाखाले बिद्यालय क्षेत्रलाई केन्द्रित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । वरिपरिका ११ विद्यालयमा कार्यक्रम संचालन गर्ने योजना रहेको शाखा प्रबन्धक टंकनाथ लामिछानेले जानकारी दिए ।

जसअनुसार, आइतबार कुश्मा नगरपालिका ९ स्थित श्री सार्ववनिक माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंले बिद्यालय ब्यावस्थापन समितीका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम संचालन गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]