June 6th, 2019

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बेष्ट फाईनान्सद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न

बैंकिङ खबर । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाईनान्स कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा नसर्ने रोग र यसबाट बच्ने उपायको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी काठमाडौं जिल्लाका अध्यक्ष मथुरा राम श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका विभिन्न ४ वटा बडा कार्यलयका अगुवा महिलाहरुको सहभागीता रहेको फाईनन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीले बताए ।

नेपाल रेडक्रस सोसाईटी कमलपोखरी च्याप्टरकी अध्यक्ष सविता श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा ऋषि राम भुसालले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए ।

कार्यक्रममा बेष्ट फाईनान्स कम्पनीका अध्यक्ष पदम राज न्यौपाने, फाईनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारी, नेपाल रेडक्रस सोसाईटी कमलपोखरी च्याप्टरका सचिव माधव अधिकारी लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरुलाई फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अधिकारीले प्रमाण पत्र वितरण गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]