Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अवकाशसम्बन्धी निर्णय अब राष्ट्र बैंककै हातमा, लोकसेवाको स्वीकृति लिनु नपर्ने

admin २०७६ जेष्ठ २२ गते
सेयर:

बैंकिङ खबर । कर्मचारीलाई अवकाश दिने सम्बन्धमा नेपाल राष्ट्र बैंक आफैँले निर्णय गर्न पाउने भएको छ । सर्वोच्च अदालतले कर्मचारीको अवकाश नीतिका लागि राष्ट्र बैंकले लोक सेवा आयोगको स्वीकृति लिनुनपर्ने फैसला गरेको हो ।

अहिलेको नियमावलीअनुसार, काम गरेको ३० बर्ष र उमेर ५८ बर्ष, जुन पहिला हुन्छ त्यसैको आधारमा अवकाश दिनुपर्ने ब्यवस्था रहेको छ । यसलाई संशोधन गरेर राष्ट्र बैंकले ५८ वर्ष उमेर पुगेपछि मात्रै अवकाश दिने नीति कायम गर्न खोजेको छ । यसका लागि राष्ट्र बैंकले लोक सेवा आयोगको स्वीकृति मागेको थियो । तर, आयोगले स्वीकृति नदिएका कारण संचालक समितिको निर्णय कार्यान्वयनमा आउन नसकेपछि राष्ट्र बैंकका केही कर्मचारीले अदालतमा मुद्धा दायर गरेका थिए । उक्त मुद्धाको पक्षमा फैसला सुनाउँदै अदालतले अवकाशसम्बन्धी निर्णय गर्ने जिम्मा पूर्ण रुपमा राष्ट्र बैंकलाई दिएको छ ।

अब ३० वर्षे सेवा अवधिको आधारमा अवकाश पाउने नीति हटेर ५८ वर्ष उमेर पूरा भएपछि अवकाश पाउने एकोहोरो नीति कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकलाई बाटो खुलेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।