ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले कम्पनिको नाम प्रभु क्यापिटल राखेको हो । कम्पनीको कार्यालय दरबारमार्गबाट कमलादीमा सर्ने भएको छ । कम्पनीको संचालक समितिलाई निरन्तरता दिने प्रस्ताव समेत साधारण सभाले अनुमोदन गरेको छ । कम्पनीका अध्यक्ष विनोद थकालीको अध्यक्षतामा बसेको बैठकले कम्पनीको पुँजी संरचनामा आवश्यक परिमार्जन गर्न प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, बैठकले आर्थिक वर्ष २०७/०७२को मुनाफाबाट चुक्तापुँजीको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।