बैंकिङ खबर । काठमाडौँ उपत्यकाभित्र महालक्ष्मी विकास बैंकका दुई शाखा थपिएका छन् । बैंकले ललितपूरको झम्सिखेल र काठमाडौँको शंखमूलमा नयाँ शाखा विस्तार गरेको छ । यससँगै बैंकको शाखा संख्या ९५ पुगेको छ ।
बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।