बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले चितवनको भरतपुर नगरपालिका वडा नं. २६ स्थित मिलनचोकमा शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल र बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।
देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गईरहेको चितवनमा ग्राहकहरुको राम्रो सहयोग प्राप्त भएकाले थप शाखा विस्तार गरेको अध्यक्ष बरालले बताए ।
सीईओ गोविन्द प्रसाद ढकालले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न गरिमा विकास बैंक सदैव प्रतिवद्ध रहेको बताए ।
काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित गरिमा विकास बैंकले देशभर ७६ शाखामार्फत सेवा दिइरहेको छ । बैंकका ३३ वटा एटीएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।