बैंकिङ खबर । प्रभु बैंकले अछामको साफेबगर नगरपालिका वडा नं. ३ मा नयाँ शाखा विस्तार गरेको छ । साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका छन् ।
यस शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।