June 13th, 2016

डेढ वर्षभन्दा बढी समय रोकिएको एनबी इन्स्योरेन्सको शेयर कारोबार सुचारु

nbडेढ वर्ष भन्दा लामो समयसम्म बीमा सम्बन्धि कारोबार बन्द भएको एनबी इन्स्योरेन्सको शेयर कारोबार सोमबारदेखि खुलेको छ । समस्याग्रस्त अवस्थामा पुगे पछि बीमा समितिको कार्वाहीमा परेको कम्पनी आइएमई समुहले लिए पछि बीमा कारोबार सुचारु भएको लामो समय पछि मात्र शेयर कारोबार खुलेको हो । कम्पनीको सोमबार प्रतिकित्ता शेयर मुल्य ८१ रुपैंया रहने गरि कारोबार सुचारु भएको हो ।

एनबी ग्रुपमा रहँदा समस्यामा पुगे पछि बीमा समितिले एनबी इन्स्योरेन्सको बीमा र शेयर दुबै कारोबार रोकेको थियो । आइएमई ग्रुपले स्वामित्व लिएपछि कम्पनिले पुस मसान्तदेखि नै राम्रो आम्दानी गरेको वित्तीय विबरण प्रकाशित गरेको थियो ।