Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डेढ वर्षभन्दा बढी समय रोकिएको एनबी इन्स्योरेन्सको शेयर कारोबार सुचारु

२०७३ जेष्ठ ३१ गते

nbडेढ वर्ष भन्दा लामो समयसम्म बीमा सम्बन्धि कारोबार बन्द भएको एनबी इन्स्योरेन्सको शेयर कारोबार सोमबारदेखि खुलेको छ । समस्याग्रस्त अवस्थामा पुगे पछि बीमा समितिको कार्वाहीमा परेको कम्पनी आइएमई समुहले लिए पछि बीमा कारोबार सुचारु भएको लामो समय पछि मात्र शेयर कारोबार खुलेको हो । कम्पनीको सोमबार प्रतिकित्ता शेयर मुल्य ८१ रुपैंया रहने गरि कारोबार सुचारु भएको हो ।

एनबी ग्रुपमा रहँदा समस्यामा पुगे पछि बीमा समितिले एनबी इन्स्योरेन्सको बीमा र शेयर दुबै कारोबार रोकेको थियो । आइएमई ग्रुपले स्वामित्व लिएपछि कम्पनिले पुस मसान्तदेखि नै राम्रो आम्दानी गरेको वित्तीय विबरण प्रकाशित गरेको थियो ।