Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कास्कीको तालचोकमा नेपाल बैंकको शाखा विस्तार

२०७६ जेष्ठ १७ गते

बैंकिङ खबर । नेपाल बैंकले कास्कीको पोखरा महानगरपालिका २७ लेखनाथ स्थित तालचोकमा नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसि र नेपाल बैक लिमिटेडका का.मु.प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख जिसिले बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले नेपालको सबैभन्दा पुरानो बैंक कारोबार तथा सेवाको आधारमा समेत अब्बल बैंक बन्न सकोस् भनी शुभकामना समेत व्यक्त गरे ।

बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत अधिकारीले विगत ८ दशक यता नेपालमा बैंकिङ सेवा पुर्याउँदै आएको बैंकलाई वर्तमान पुस्ताको आवश्यकता वमोजिमका सबै आधुनिक सेवा सुविधा सहित प्रतिष्पर्धी ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

Ad