Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कञ्चनपूरको पुनर्वासमा प्रभु बैंकको नयाँ शाखा विस्तार

२०७६ जेष्ठ १६ गते

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले कञ्चनपुरको पुनर्वास न.पा. वडा नं.३ मा नयाँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ । पुनर्वास न.पा.का नगर प्रमुख जीवनराज थापाले शाखाको उद्घाटन गर्दै प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको उनले बताए ।

पुनर्वास शाखासहित प्रभु बैंकको शाखा संख्या १७९ पुगेको छ । यस बाहेक बैंकका १४५ एटीएम र २३ एक्सटेन्सन काउन्टर संचालनमा छन् ।

Ad