बैंकिङ खबर । नेपाल बैंङ्क लिमिटेडले महोत्तरी जिल्लाको बर्दिवासमा शाखा स्थापना गरेको छ । उक्त शाखाको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले एक विशेषः समारोहका बीच उद्घाटन गरेका छन् ।
सो अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले उत्पादनशील क्षेत्रमा लगानी बढाई देशमा उत्पादन रोजगारी र आय अभिवृद्धिमा योगदान बढाउन बैंकलाई आग्रह गरे ।
बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले बैंकले उपलव्ध गराउने व्यावसायिक तथा सहुलियतपूर्ण कर्जा सदुपयोग गरी लाभान्वित हुन स्थानीय उद्यमी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे ।
बैंकका का.मु. सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले ऐतिहासिक गरिमा बोकेको नेपाल बैंक आधुनिक बैंकिङ सेवा तथा सुविधा सहित यस क्षेत्रको सेवामा आएको बताए ।