May 27th, 2019

मोवाइल बैंकिङ : प्रयोग गर्ने सजिलो विधि र प्रयोगका फाइदाहरु

बैंकिङ खबर / बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । आजको युगमा मोबाइल फोन नबोक्ने व्यक्तिहरु कमै भेटिन्छन् । त्यसैले, मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको पाइन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । यद्यपि, कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तिय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् । 

मोबाइल बैँकिङले प्रदान गर्ने सेवा तथा सुविधाहरु

  • एकाउन्ट र कारोबारका बारेमा जानकारी
  • आफ्नो एकाउन्टबाट जुनसुकै अरु एकाउन्टमा तुरुन्तै पैसा ट्रान्सफर गर्न सक्ने सुविधा
  • रजिस्टर भएका जुनसुकै कम्पनिको विल तिर्नुका साथै मोबाइल रिचार्ज समेत गर्न सकिने
  • आफ्नो बैँकिङ कारोबारबारे एसएमएसमार्फत जानकारी प्राप्त गर्न सकिने
  • विनिमय दर, ब्यालेन्स लगायतका कुराहरुका बारेमा सोधपुछ गर्न सकिने

मोबाइल बैँकिङका फाइदा तथा बेफाइदाहरु
आफ्नो मोबाइल अथवा ट्याबलेटबाट नै सम्पूर्ण बैँकिङ कारोबार हुने भएकाले यसले समयको बचत गराउँछ । चौबिसै घण्टा उपलब्ध हुने यो सेवाका कारण मानिसले जुनसुकै समयमा पनि बैँकिङ कारोबार गर्न सकेका छन् । मोबाइल बैँकिङको प्रयोगबाट बिल तिर्ने, एक व्यक्तिको एकाउन्टबाट अर्को व्यक्तिकोमा पैसा ट्रान्सफर गर्ने लगायतका सेवाहरु लिन सकिन्छ । मोबाइलबाट नै आफ्नो एकाउन्ट चेक गरिरहन मिल्ने हुँदा सर्वसाधारणलाई निकै सहज भइरहेको छ । मोबाइल बैँकिङका कारण उपभोक्ताहरुको बैँक जानुपर्ने आवश्यकतामा विस्तारै कम हुँदै गएको छ । मोबाइल बैँकिङबाट चेक अथवा पैसाको प्रत्यक्ष कारोबार गर्न नमिल्ने हुँदा उपभोक्ताले बैँकको शाखा अथवा एटीम नै जानुपर्ने वाध्यता भने अझै पनि रहेको छ । 

यसरी विकास भयो मोबाइल बैँकिङको अवधारणा
मोबाइल बैँकिङको पहिलो चरणको रुपमा एसएमएस बैँकिङलाई लिने गरिन्छ । सन् १९९९ मा स्मार्ट फोनको प्रचलन आएसँगै मोबाइल वेभको अवधारणा सुरु भयो । युरोपियन बैँकहरुको मोबाइल वेभको प्रयोगको सुरुवात गरेका थिए । प्रविधिको विकाससँगै एनरोइड सिस्टमको विकास तथा विस्तारले विभिन्न एनरोइड एपहरु जन्मायो र मोबाइल बैँकिङको अवधारणालाई विकास एवम् विस्तार गर्न मद्धत गर्यो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]