धनकुटामा केन्द्रीय कार्यालय रहेको कावेली विकास बैंकले सेयरधनी सदस्यलाई २० प्रतिशत बोनस दिने भएको छ । बैंकको आठौं साधारणसभामा बोनस दिने निर्णय भएको हो ।
बैंकले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २ करोड ५५ लाख ५१ हजार बराबरको सञ्चालन मुनाफा गरेको छ । सो अवधिमा ५८ करोड ९२ लाख ६ हजार बराबर निक्षेप संकलन गरेको बैंकले ५५ करोड ७३ लाख ९५ हजार बराबरको कर्जा लगानी गरेको छ ।




