नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले हेटौंडामा वर्क स्टेशन सञ्चालनमा ल्याउने भएको छ । मोफसलका लगानीकर्ताको आवश्यकतालाई दृष्टिगत गरी हेटौंडामा वर्क स्टेशन स्थापना गर्न लागेको नेप्सेले जनाएको छ । वर्क स्टेशन सञ्चालनमा ल्याउनको लागि आवश्यक तयारी भइरहेको बताइएको छ ।