May 24th, 2019

सिराहाको मिर्चैया र सर्लाहीको मलङ्गवामा नेपाल बङ्गलादेश बैंकको शाखा विस्तार

बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलङ्गवामा नयाँ शाखा विस्तार गरेको छ । यससँगै बैंकको शाखा संख्या ९० पुगेको छ ।

नयाँ शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

९० शाखाबाहेक बैंकले ७ एक्सटेन्सन काउन्टर, तथा ७२ वटा एटीएमबाट पनि बैंकिङ्ग सुविधा दिंदै आएको छ ।