May 24th, 2019

कर्मचारी सञ्चय कोषको भुक्तानी कारोबार अब क्लियरिङ्ग हाउसको विद्युतीय प्रणालीमार्फत

बैंकिङ खबर । कर्मचारी सञ्चय कोषका भुक्तानी कारोबारहरु नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विद्युत्तीय भुक्तानी प्रणालीहरु मार्फत् हुुने भएको छ । यस सम्बन्धमा कोष र क्लियरिङ्ग हाउस बीच सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार, कर्मचारी सञ्चय कोषले नेपाल क्लियरिङ्ग हाउसको आईपिएस र कनेक्ट आईपिएसमा पूर्ण रुपमा इन्टिग्रेट गरी आप्mनो भुक्तानी कारोबारहरु स्वचालित रुपमा गर्नेछ । यसबाट कोषले गर्ने भुक्तानीहरु (सञ्चयकर्ताको कर्जारसापटी, पार्टी पेमेन्ट आदि) लाई लाभग्राहीको बैंक खातामा सिधै जम्मा गर्न सकिनेछ । त्यसैगरी सञ्चयकर्ता वा संस्थाले कोषलाई बुझाउने सञ्चय कोष, किस्ता आदिको भुक्तानीहरु समेत अनलाईन वा कुनै पनि बैंक खाताबाट गर्न सक्ने व्यवस्था हुने बताइएको छ ।

सम्झौतापत्रमा कर्मचारी सञ्चय कोषका तर्फबाट प्रशासक तुलसी प्रसाद गौतम एवम् नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापितकर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो, जसमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपालक्लियरिङ्ग हाउस लिमिटेडले हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली NHCL-ECC, अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NHCH-IPS र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने connest IPS e-payment प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ।