Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

ई बैंकिङले ल्याएको सहजीकरण

admin २०७६ जेष्ठ ९ गते
सेयर:

बैंकिङ खबर / परम्परागत शैलीबाट बैँकिङ सेवा लिँदा भएका अप्ठेराहरुलाई मध्यनजर गर्दै ईबैँकिङको अवधारणा ल्याइएको हो । संसार विज्ञान र प्रविधिको युगमा बढ्दै जाँदा ईबैँकिङको लोकप्रियता बढ्दै गइरहेको छ । ईबैँकिङलाई इन्टरनेट बैँकिङ अर्थात् आधुनिक बैँकिङको रुपमा पनि बुझ्न सकिन्छ जसमा उपभोक्ताले आफ्नो बैँक एकाउन्टको आईडी र पासवर्ड प्राप्त गर्छन् । आफ्नो एकाउन्ट आइडी र पासवर्डको मद्धतले उपभोक्ताले आफ्नै घरको कम्प्युटर तथा मोबाइलबाट इन्टरनेटको उपस्थितीमा आफ्नो एकाउन्टमा भएको रकम थाहा पाउन सक्छन् ।

यति मात्र नभएर इन्टरनेटबाट नै बील तिर्न र रिसिप्टप्राप्त गर्न समेत ईबैँकिङको प्रयोग गर्न सकिन्छ । छोटकररीमा भन्नुपर्दा, ईबैँकिङ अर्थात् इलेक्ट्रोनिक बैँकिङ आधुनिक समाजको त्यो प्रणाली हो जसको सहयोगमा उपभोक्ताले घरमै बसीबसी वित्तिय सेवा उपभोग गर्न पाउँछन् । ईबैँकिङ परम्परागतको तुलनामा प्रयोगका लागि सहज हुन्छ । बैँक नगइकन आफ्नो पैसाको सुरक्षा गर्न सकिने भएकाले ईबैँकिङबाट समयको समेत बचत हुने हुन्छ । साथै ईबैँकिङबाट वातावरणको समेत सुरक्षा हुन्छ । उदाहरणका लागि यदि तपाईँलाई बैँकबाट पैसा झिक्नु छ या बैँकमा पैसा जम्मा गर्नु छ भने तपाई बैँकमै जानुपर्ने हुन्छ जसका लागि तपाईँलाई सवारीको आवश्यकता पर्छ । सवारीको ज्यादा प्रयोग वातावरणका लागि अवश्य पनि राम्रो मानिँदैन । ईबैँकिङ परम्परागत बैँकिङको तुलनामा छिटो समेत हुन्छ । बैँकमा गएर लाइन बसेर पैसा जम्मा गर्ने झन्झट हुँदैन भने पाँच मिनेटमा नै इन्टरनेट विलिङको प्रयोगबाट पैसा जम्मा गर्न तथा पैसा निकाल्न सकिन्छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।