May 22nd, 2019

गठ्ठाघरको चारदोबाटोमा सनराइज बैंकको शाखा विस्तार

बैंकिङ खबर । सनराइज बैंकले भक्तपुरको गठ्ठाघरस्थित चारदोबाटोमा नयाँ शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित एम औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा शाखाको उद्घाटन गरे ।

यो समेत गरी बैंकको शाखा संख्या १०६ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२१ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]