May 22nd, 2019

हिमालयन बैंकको ५८ औँ शाखा जनकपुरधाममा

बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले जनकपुरधाम उपमहानगरपालीका— १, स्टेशनरोडमा ५८ औँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको समुद्धघाटन प्रदेश नं २ का माननीय मुख्यमन्त्री मो. लालबाबु रावतले एक समारोहका बीच गरेका छन् ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यवसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बताए ।

यस नयाँ शाखा कार्यालय मार्फत बैंकले अत्याधुनिक बैंकिङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने अपेक्षा गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]