May 22nd, 2019

यूनिभर्सल इन्स्टिच्यूटमा कामना सेवा विकास बैंकका ग्राहकले छुट पाउने

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रा.लि बीच उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्च प्रा.लि मा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट भैरहवा शाखाका शाखा प्रबन्धक तुल्सी प्रसाद आचार्य र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्च प्रा.लिको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत अजय कुमार पि.एसले हस्ताक्षर गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]