May 22nd, 2019

नोबेल हस्पिटलमा एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकलाई २५ प्रतिशतसम्म छुट

बैंकिङ खबर । नोबेल हस्पिटलमा उपचार गराउँदा एनआईसी एशिया बैंकका ग्राहकले आकर्षक छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार, बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहक तथा उनका परिवार र आफन्तले नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट प्राप्त गर्ने छन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका थिए ।

हाल बैंकको ग्राहक संख्या करिब १६ लाख पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]