May 22nd, 2019

काठमाडौँको टोखामा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार

बैंकिङ खबर । एनआईसी एशिया बैंकले काठमाडौँको टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । टोखा नगरपालिका वडा नं. ६ स्थित टोखा शाखाको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन् ।

हाल एनआईसी एशिया बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १६ लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]