साताको पहिलो दिन सुन प्रतितोला २ सय रुपैँषका दरले बढेको छ । गत साताको शुक्रबार प्रतितोला ५५ हजार ९ सय रुपैँयामा कारोबार भइरहेको छापावाल सुन आइतबार ५६ हजार १ सय रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार ५५ हजार ६ सय ५० रुपैँयामा कारोबार भइरहेको तेजावी सुन आइतबार ५५ हजार आठसय ५० रुपैँया प्रतितोलामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि आइतबार बढेको छ । महासंघका अनुसार चाँदी ५ रुपैँया महँगिएको छ । महासंघका अनुसार, गत साताको अन्तिम दिन ७ सय ८५ रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको सुन आइतबार ७ सय ९० रुपैँयामा प्रतितोलाका दरले कारोबार भइरहेको छ ।