May 15th, 2019

कामना सेवा विकास बैंकको रेमिट सेवा सुरु, ७५०० केन्द्रहरुबाट भुक्तानी हुने

बैंकिङ खबर । कामना सेवा विकास बैंकले आजबाट आफ्नै “कामना सेवा रेमिट” सुरु गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् ।

विविध विशेषताहरु सहित आफ्ना सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत बैंकले यो सेवा प्रदान गर्न लागेको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । कामना सेवा रेमिटको प्रयोगबाट सम्पूर्ण ग्राहकहरुले सुरक्षित, भरपर्दो, सरल तथा सुलभ तवरले विप्रेषण सेवा लिन सक्नेछन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।