May 15th, 2019

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा : वार्षिक भाडामा कसले पाउँछ छुट ?

बैंकिङ खबर । राष्ट्रिय वाािणज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा बुधबारबाट सेफ डिपोजिट लकर सेवा सुरु गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरेका हुन् । उनले प्रथम लकर सेवा संचालक गिता थापा मगरलाई लकरको साँचो प्रदान गर्दै बैंकको आफ्नै प्रशस्त पार्किङ्ग र सुरक्षित स्थान भएकोले ग्राहकले सस्तो र सुलब दरमा यो सेवा उपभोग गर्न सकिने बताए ।

हाल करिब तिन हजार वटा लकर सेवा शाखाले संचालनमा ल्याएको छ । लकर सेवाको वार्षिक भाडा दर एक हजार पाँच सयदेखि तिन हजार रुपैयाँसम्म पर्ने छ । महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइनेछ ।

बैंकले काठमाडौं उपत्यकामा मूख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा संचालन गरिरहेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]