Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

२०७३ जेष्ठ ३० गते

shineगौमुखी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एकीकृत कारोबार शनिबारदेखि सुरु भएको छ ।  बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइनले प्युठानको बिजुवारमा केन्द्रिय कार्यालय रहेको गौमुखीलाई गाभेर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नामबाट कारोबार सुरु गरेको हो । एकिकृत कारोबारको सुरुवात नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गरे । 

१० जिल्ला कार्यक्षेत्र रहेको बैंकको मर्जर पश्चात शाखा संख्या २६ पुगेको छ भने चुक्ता पुँजी ८६ करोड ८४ लाख, निक्षेप ८ अर्व ४ करोड, कर्जा लगानी ७ अर्व २४ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । १ लाख २६ हजार सेवाग्राही तथा २ सय १७ जना कर्मचारी रहेको बैंकले बोनस शेयरबाट नै चुक्ता पूँजी १ अर्ब २० करोड रुपैंया पुर्याउने जनाएको छ ।