बैंकिङ खबर । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका २, बाग्लुङ्ग बसपार्कमा शाखा आफ्नो नयाँ शाखा खोलेको छ । पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष रामेश्वर मल्ल , बैंङ्कका अध्यक्ष गणेश कुमार श्रेष्ठ र बैंङ्कका शेयरधनी दिपशंकर श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन ।
सो अवसरमा, बैंंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य तथा बैंङ्कका संस्थापक शेयरधनी दिपशंकर श्रेष्ठले बैंङ्कको भावी योजनाका बारेमा प्रकाश पारे । त्यस्तैवडा अध्यक्ष मल्लले वडाका विभिन्न आर्थिक गतिविधिहरुमा बैंङ्कसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।