बैंकिङ खबर । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५, ढुंगेधारामा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको ढुंगेधारा शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले गरे ।
कार्यक्रममा बोल्दै, डेपुटी गभर्नर शिबराज श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आप्mनो गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा अब ढुंगेधाराबासीहरुले आप्mनै घर आँगन नजिकबाट विना झण्झट प्रभु बैंकको बैंकिङ सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त गर्न पाउने बताए ।
सञ्चालनमा आएको प्रभु बैंकको ढुंगेधारा शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र ढुंगेधारा क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।