June 12th, 2016

शतप्रतिशत हकप्रद शेयर जारी गर्दै डिप्रोक्स लघुवित्त 

deproxराष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना शेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको असार १५ गते बस्ने विशेष साधारणसभाले हकप्रदसम्बन्धि सो प्रस्तावलाई पारित गर्नेछ । हाल बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया रहेको छ । हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्नेछ । साथै बैंकले विशेष साधारणसभा प्रयोजनका लागि आषढ ५ गतेदेखि १५ गतेसम्म शेयर धनी दर्ता पुस्तीका बन्द रहने जनाएको छ ।