बैंकिङ खबर । गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड ३ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा नाफा १४ दशमलव ६६ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २१ दशमलव ८९ प्रतिशतले बढेर ८५ करोड ९७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । बैंकले गत वर्ष यसै अवधिमा ७० करोड ५३ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले चैत मसान्तसम्म २७ अर्ब ४८ करोड ९२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब १९ करोड १८ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिसेयर आम्दानी ७६ पैसाले घटेर १८ रुपैयाँ ९३ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ सय ५६ रुपैयाँ ६३ पैसा रहेको थियो । यस अवधिमा प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ४ पैसा रहेको छ ।