May 10th, 2019

नबिल नारी उद्यमी सीड क्याम्प हुँदै

बैंकिङ खबर । उद्यमी इनोभेसन र नबिल बैंकको संयुक्त आयोजनामा नबिल नारी उद्यमी सीड क्याम्प हुने भएको छ । यी दुवै संस्थाका प्रतिनिधिहरुले नबिल नारी उद्यमी सीड क्याम्पको आवेदन खुला गरिएको जानकारी बताएका छन् ।

विगत २ वर्ष देखि संचालन गरिंदै आएको उद्यमी सीड क्याम्पकोे महिला लक्षित संस्करण हो । जसमा कम्तिमा एक महिला सहसंस्थापक रहेका २ देखि ४ जनाको समूहले आफ्नो नविन सोच सहित आवेदन दिन सक्नेछन। उक्त आवेदन एक महिना भित्रसम्म दिन सकिने छ ।

उक्त कार्यक्रममा स्थापित उद्यमीहरु र दक्ष प्रशिक्षकहरुले एक हप्ताको उद्यमशिलता बिकास तालिम दिने छन्। तालिम सकाएपछि सहभागीहरु अर्को एक महिना आफ्नो व्यावसायिक योजनामा काम गर्ने छन् र एक महिनापछिको डेमोडेमा लगानीकर्ताको माझ आफ्नो योजना प्रस्तुत गर्ने छन्।

यो संस्करणमा जम्मा २० वटा उत्कृष्ट व्यावसायिक योजनाहरु छनोट गरि अर्को चरणमा लगिने छ । बैंकको अनुसार यो कार्यक्रम नेपालमा बसेर केहि गर्छु भन्ने सपना देखि संकल्प गर्ने युवाहरुको लागि आफ्नो व्यावसायिक सपनाको बिउ रोप्ने अवसर हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]