बैंकिङ खबर । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब १ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १० दशमलव २३ प्रतिशतले बढी हो । गत आर्थिक वषमा बैंकले १ अर्ब ८२ करोड ७० लाख २७ हजाररुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी
चालु आर्थिक वष्र्गाको ९ महिनामा बैंकले खुद ब्याज आम्दानी १७ दशमलव १८ प्रतिशतले बढाएर ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफामा ३२ दशमलव ४९ प्रतिशतले वृद्धि गरी २ अर्ब ८६ करोड ५४ लाख ७५ हजार पुर्याएको छ ।
निक्षेप तथा कर्जा
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बेंकले १ खर्ब ८ अर्ब ५८ करोड २१ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७७ करोड ५३ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९८ अर्ब ९८ करोड ८७ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ८२ अर्ब ४७ करोड ४९ लाख ९३ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो
सूचकहरु
प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा १ रुपैयाँ ५ पैसाले बढेर ३१ रुपैयाँ ५२ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ७९ रुपैयाँ १७ पैसा छ । यसको बेस रेट ९ दशमलव १० प्रतिशत र खराब कर्जा अनुपात १ दशमलव ३१ प्रतिशत छ । गत वर्ष खराब कर्जा १ दशमलव १९ प्रतिशत रहेको थियो ।