बैंकिङ खबर । मेगा बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २१ करोड ४२ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएकोे छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३१.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बेंकले ५२ करोड ४९ लाख ४ हजार मात्र खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ७५ करोड २७ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज १११.५९ प्रतिशतले बढी हो ।
त्रैमाससम्म सञ्चालन नाफा १ अर्ब ७० करोड ५७ लाख ८५ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा सञ्चालन नाफा १३०.७३५ ले बढी हो ।
रिजर्भ कोषमा बैंकले १ अर्ब ९४ करोड ९७ लाख ८४ हजार रुपैयाँ मात्र जम्मा गरेको छ । बैंकको रिटेन्ड् अर्निङ ७७ करोड २५ लाख १२ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म मेगाले ७५ अर्ब २१ करोड १७ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५८ करोड ६५ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यसै अवधिसम्म निक्षेप ६३ अर्ब ४९ करोड ८९ लाख ९९ हजार र कर्जा लगानी ५५ अर्ब ५२ करोड ८६ लाख ४२ हजार रुपैयाँ मात्र थियो ।
प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ २० पैसा छ । खराब कर्जा भने ०.४४ प्रतिशतले बढेर १.४२ प्रतिशत पुगेको छ । बैंकको बेस रेट १०.२० प्रतिशत रहेको छ ।