बैंकिङ खबर । कामना सेवा विकास बैंकले मोबाइल बैंकिङ सेवामा थप परिमार्जीत गरेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुलनाराका साथ आम जनतामाझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल मोबाइल बैंकिङ भी ५ प्रयोगमा ल्याएको हो ।
ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरिएको हो। यो सेवाप्रयो गकर्ताहरुले बायोमेट्रिक लगइन, क्यू आर पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम,स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो बैङ्क खाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामा रकमान्तर गर्न, इ सेवामा जम्मा गर्न, मोबाइल टप अफ गर्ने जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ ।
हालसम्म बैंकले ८३ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।