Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकले कमायो १ अर्बमाथि नाफा

२०७६ बैशाख १९ गते

बैंकिङ खबर । ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी भएको कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव २५ प्रतिशतले बढी हो । गत वर्ष ७३ करोड ६३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

ब्याज आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ६० दशमलव ६६ प्रतिशतले बढेर २ अर्ब २३ करोड ३० लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३८ करोड ९८ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

निक्षेप तथा कर्जा
चैत मसान्तसम्म बैंकले ६९ अर्ब ४ करोड ५९ लाख ८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६९ अर्ब ५९ करोड ८८ लाख १ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

साथै, सञ्चालन नाफा ३९ दशमलव ८५ प्रतिशतले बढेर १ अर्ब ४२ करोड ८६ लाख ३२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले १ अर्ब २ करोड १५ लाख १८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

सूचकहरु
प्रतिसेयर आम्दानी २ रुपैयाँ २२ पैसाले बढेर १८ रुपैयाँ ६७ पैसा रहेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ६३ पैसा रहेको छ ।

Ad