Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पोखरा फाइनान्सले कमायो ६ करोड ५३ लाख नाफा

२०७६ बैशाख १९ गते

बैंकिङ खबर । पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास ६ करोड २८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ६ करोड ५३ लाख १६ हजार खुद नाफा कमाएको थियो । नाफा गत वर्षको भन्दा ३ दशमलव ८२ प्रतिशतले थोरै हो ।

खुद ब्याज आम्दानी
चालु आर्थिक वर्षको चैतसम्ममा फाइनान्सले १८ करोड ६३ लख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४७ दशमलव ७२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

निक्षेप तथा कर्जा
चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म ५ अर्ब ६५ करोड ३७ लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २० करोड ६६ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष ३९ करोड २२ लाख ९२ हजार रहेको रिजर्भ कोष यस वर्ष घटेर ३१ करोड २० लाख २० हजार झरेको छ ।

सूचकहरु
खराब कर्जा भने १.२६ प्रतिशत बाट घटेर १.०४ प्रतिशतमा सीमित भएको छ । कस्ट अफ फन्ड ९.१२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा (वार्षिक) रहेको पोखराको प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ४० पैसा छ ।

Ad