सिद्धार्थ डेभलपमेन्ट बैंकसँग एकता विकास बैंक र नेपाल आवास फाइनान्स गाभिएर बनेको नयाँ संस्थाको कारोबार शुक्रबारदेखि सुरु भएको छ । एकिकृत कारोवारको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बैंकरहरुलाई लाभ र करको विचमा सन्तुलित सम्वन्ध राख्न अनुरोध गरे । कार्यक्रममा डेभलपमेन्ट बैंक एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद लामिछानेले पूँजी बृद्धि भएसंगै क्षेत्राधिकार बढाउन आग्रह गरे । मर्जर पश्चात बैंकको चुक्तापूँजी एक अर्ब १४ करोड भएको छ भने बैंकका ३३ बटा शाखा भएका छन् । त्यस्तै बैंकको १२ अर्ब निक्षेप, १० अर्ब कर्जा सहित देशकै दोस्रो ठूलो डेभलपमेन्ट बैक भएको छ ।