April 29th, 2019

ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्दकिशोर शर्मा चयन

बैंकिङ खबर । ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्दकिशोर शर्मा चयन भएका छन् । बैंशाख १२ गते बसेको संचालक समितिको बैठकबाट संचालक नन्दकिशोर शर्मालाई अध्यक्षको रुपमा चयन गरेको हो ।

बैशाख १ गते बसेको बैठकले पशुपति मुरारकाले दिएको राजिनामा स्वीकृत गरेको थियो । त्यसपछि अध्यक्षमा शर्मालाई चयन गरेको हो । नवनियुक्त अध्यक्षले बीमा समितिबाट शपथ लिए पश्चात अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।

यसअघि शर्माले आईसिएफसि फाईनान्सको संचालक तथा विभिन्न जीवन बीमा तथा वित्तिय संस्थाहरुमा संचालक तथा प्रबन्धनिर्देशकको रुपमा काम गर्दै आएका थिए । शर्माले लामो समय फाइनान्स तथा बीमा क्षेत्रमा कार्य अनुभव हासिल गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]