Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको नाफा २ अर्ब २४ करोड, प्रतिशेयर आम्दानी ३० रुपैयाँ माथि

२०७६ बैशाख १६ गते

बैंकिङ खबर । नेपाल बैंकले चालु आर्थिक बर्षको नौ महिनामा २ अर्ब २४ कारोड रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। जुन गतवर्षको नौ महिनामा भन्दा ३२ कारोड रुपैयाँले कमी हो । गत वर्ष बैंकले २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ कमाएको थियो ।

आम्दनी र खर्च
नौ महिनामा बैंकको ब्याज आम्दानी ४ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा बैंकको ब्याज आम्दानी ४ अर्ब ५५ करोड रुपैयाा रहेको थियो । संचालन खर्च ५ अर्ब ३९ करोड रुपैयाँ भएको छ । गत वर्ष ६ अर्ब ११ करोड रुपैयाँ संचालन खर्च रहेको थियो । 

निक्षेप र कर्जाको अवस्था
९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकले यो अवधिमा १ खर्ब ५ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरि ९१ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको जगेडाकोषमा १५ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात समिक्षा अवधिमा १७.०२ प्रतिशत कायम भएको छ । बैंकको खराव कर्जा २.७१ प्रतिशत रहेको छ । आधार व्याजदर ६ दशमलव ९२ प्रतिशत प्रतिशत छ । प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५२ पैसा कायम भएको छ ।

Ad