Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको ५ नयाँ शाखा विस्तार

२०७६ बैशाख १२ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले ५ नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै काठमाडौं उपत्यकाभित्र तथा बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याई कारोबार शुरु गरेको छ ।

नयाँ शाखा कार्यालयहरु मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमी शाखाको उदेघाटन सोहि वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापति,कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको उद्घाटन कृष्णहरि थापा,सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको उद्घाटन सोहि वडाका वडा अध्यक्ष कमलनाथ आचार्य, चद्रांगिरी नगरपालिका वडा नं. ११ सतुंगलचोक स्थित सतुंगलचोक शाखाको उद्घाटन चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी तथा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारा स्थित फेटा शाखाको उद्घाटन फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले गरे ।

हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।

Ad