मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धुलिखेल माउण्टेन रिसोर्टमा विशेष छुट

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले सयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौता पछि मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

यस सुविधाबाट बैंकका भिजा डेविट कार्ड भएका सम्पुर्ण सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा बैंकले गरेकोे छ ।

हालसम्म बैंकले देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत ६ लाख ग्राहकवर्गलाई बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *