शाइन रेसुङ्गा डेभपमेन्ट बैंकले कमायो ३१ करोड ९ लाख मुनाफा

बैंकिङ खबर । १ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी भएको शाइन रेसुङ्गा डेभपमेन्ट बैंकले चालु आर्थिक वर्षको चैत मसान्तमा ३१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ३१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा २३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बचत तथा कर्जा
चालु आथिृक वर्षको ९ महिनामा बैंकले १६ अर्ब ९८ करोड रुपैयाँको निक्षेप संकलन गरी १५ अर्ब २९ करोड रुपैयाँको कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोह िअवधिमा बैंकले १२ अर्ब ८५ करोड रुपैयाँ बचत संकलन गरेको थियो भने ११ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

ब्याज आम्दानी
चालू आर्थिक बर्षको चैत मसान्तमा बैंकले ६३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकले खुद ब्याज आम्दानीमा बृद्धि गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४६ करोड ९७ लाख रुपैयाँ खरद ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु
प्रति शेयर आम्दानी २५.५५ रुपैयाँ र प्रति शेयर नेटवर्थ १ सय ३९.५९ पैसा रहेको छ । तरलता अनुपात २१ दशमलव ९६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *