बैंकिङ खबर । एनआईसी एशिया बैंकले काठमाडौ स्थित तारकेश्वर नगरपालिकावडा नं ११, मनमैंजुमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३)का प्रमुख बिकास खरेलले सयुक्त रुपमा गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा बोल्दै मेयर बोहराले काठमाडौं उपत्यकाभित्र समेत बैकिङ पहुँच कम भएको स्थान छानी आम सर्वसाधरण सम्म बैकिङ पहुँच वृद्घि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे ।
कार्यक्रममा खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु-याई रहेको जानकारी गराए ।
हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।