प्रभु बैंकमा अब अनलाइनबाटै खाता खोल्न मिल्ने

बैंकिङ खबर । प्रभु बैंकको खाता अब अनलाइनबाटै खोल्न मिल्ने भएको छ । ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै बैंकले अनलाइनबाट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो।

सूचना प्रविधिको उपयोग गर्दै घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको जनाइको छ ।

आफु रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदन गर्न आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको अनाइन एकाउन्ट ओपनिङ बटन क्लिक गर्नु पर्नेछ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको अनलाईन खाता सम्बन्धी सेवाबाट ग्राहकहरुको समय बचत हुने तथा विना झन्झट आफ्नो समय अनुकुल आफु रहेको स्थानबाट अनलाईन खाता खोली बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम ग्राहकहरुले यसबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *